अमेरिकामा नेपाली विद्यार्थीहरु समस्यामा - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

अमेरिकामा नेपाली विद्यार्थीहरु समस्यामा



एजेन्सी । अमेरिकामा आगामी सेमेस्टरबाट अनलाइन क्लासमात्र लिने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अमेरिका बस्न नपाउने भएका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले अमेरिकामा डिग्री लिन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अनलाइनबाटमात्र कक्षा लिएमा उनीहरु देशनिकालाको जोखिममा पर्ने वा उनीहरुले अमेरिका छाड्नुपर्ने अवस्था आउने आज सुचना जारी गरेको छ ।

यो निर्णयले अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई समेत समस्यामा पार्ने भएको बताइएको छ । अमेरिकामा अध्ययरत हजारौँ विद्यार्थीहरु कतै देश फर्कनु पर्ने होइन भन्ने चर्चा पनि चलेको छ । अमेरिकामा पछिल्लो समय हालसम्मकै सबैभन्दा ठुलो बेरोजगारी समस्या रहेको र त्यसका लागि पनि अमेरिकाले यस्तो निर्णय लिएको हुनसक्ने बताइएको छ ।

अमेरिकी सरकारको यो निर्णयका कारण अध्ययनरत नेपाली विद्यार्थीहरु तनावमा रहेको बताइएको छ । यो निर्णयले अमेरिकामा रहेका आफ्ना नागरिकलाई प्राथमिकतामा राखेको र अन्यप्रति गैर जिम्मेवारपुर्ण निर्णय लिएको बताइएको छ ।

जारी गरिएको सुचनामा भनिएको छ, पूर्णरुपमा अनलाइन कक्षाका लागि आवद्ध गरिएका विद्यार्थीहरुले अमेरिकाको विदेशमन्त्रालयबाट विद्यार्थी भिसा पाउने छैनन् ।

त्यस्तै सुचनामा भनिएको छ, अनलाइन कक्षामात्रै लिइरहेका विद्यार्थीहरुसँग भिसा भएपनि उनीहरुलाई विमानस्थलबाट सीबीपीले अमेरिका प्रवेशमा अनुमति दिइनेछैन ।

विश्वकै सबैभन्दा धेरै कोरोना संक्रमित अमेरिकामा रहेका छन् । झण्डै ३१ लाखभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् ।