अमेरिकामा सङ्कट थपिँदै - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

अमेरिकामा सङ्कट थपिँदै



काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) ले सबैभन्दा बढी असर अमेरिकालाई पार्दै गएको छ । अमेरिकामा दिनानुदिन संक्रमित र मृतक बढ्दै गएका छन् ।

सोमबार एकै दिन संक्रमित ३० हजार २३३ बढेका छन् । त्यसैगरी मृतक एकै दिन १ हजार २५२ जना भएका छन् ।

संक्रमितको संख्या ३ लाख ६६ हजार ९०६ पुगेको छ । मृतकको संख्या १० हजार ८६८ पुगेको छ । अस्पतालमा ८ हजार ८७८ जनाको स्वास्थ्य गम्भीर रहेको छ ।

संक्रमणको तुलनामा निको भएर घर फर्कनेको संख्या न्यून रहेको छ । अमेरिकामा १९ हजार ६५६ जनामात्रै निको भएका छन् ।

अन्य देशहरुको तुलनामा अमेरिकामा कोरोनाको असर तीव्र गतिमा परेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अप्रिल महिना अत्यन्तै पीडादायी हुने बताइसकेका छन् ।

न्युयोर्कमा बढी कोलोराडोमा कम

सबैभन्दा बढी प्रभावित न्यूयोर्क परेको छ । न्यूयोर्कमा मात्रै १ लाख ३१ हजार ९१६ जना संक्रमित भएका छन् ।

४ हजार ७५८ जनाको ज्यान गएको छ भने ५९९ नयाँ मृतक हुन् । दोस्रो स्थानमा न्यूजर्सी रहेको छ । त्यहाँ ४१ हजार ९० जना संक्रमित छन् भने १००३ जनाको ज्यान गएको छ ।

मिचिगनमा १७ हजार २२१ जना संक्रमित हुँदा ७२७ जनाको ज्यान गएको छ । क्यालिफोर्नियामा १६ हजार १९ जना संक्रमित हुँदा ३८० जनाको ज्यान गएको छ ।

लुजियानामा १४ हजार ८६७ जना संक्रमित हुँदा ५१२ जनाको ज्यान गएको छ । मासाचुसेट्समा १३ हजार ८३७ जना संक्रमित हुँदा २६० जनाको ज्यान गएको छ ।

फ्लोरिडामा १३ हजार ६२९, पेन्सिलभानियामा १३ हजार ११२, इलिनोइसमा १२ हजार २६२, वासिंटनमा ८ हजार ३१६, टेक्सासमा ८ हजार ८८, जर्जियामा ७ हजार ३१४, कनेक्टिकटमा ६ हजार ९०६ र कोलोराडोमा ५ हजार १७२ जना संक्रमित भएका छन् ।