नेपालको नयाँ नक्शामा अमेरिकाको साथ - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

नेपालको नयाँ नक्शामा अमेरिकाको साथ



काठमाडौं- नयाँ नक्शा जारीपछि नेपालल भारतबीच सीमा विवाद भैरहेका बेला अमेरिकी दुतावासले भने नेपालको साथ् दिएको छ ।

यस्तै नेपालको नयाँ नक्शाको समर्थन गर्दै नयाँ नक्शा प्रयाेग गर्ने पहिलो कूटनीतिक निकाय समेत अमेतिकी दूतावास बनेको छ ।

नेपालस्थित अमेरिकी राजदूतावासले आधिकारिक फेसबुक पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथसाथै लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रयोग गर्दै नेपाललाई कुटनीतिक साथ दिएको छ ।

नयाँ नक्सा जारी भएसँगै अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ ।