अमेरिकाले लगायो रुसी नागरिकमाथि प्रतिवन्ध - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

अमेरिकाले लगायो रुसी नागरिकमाथि प्रतिवन्ध



काठमाडौं । उत्तर कोरियाको आणविक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले दुई रुसी अधिकारी र तीन संस्थालाई प्रतविन्ध लगाएको छ ।

पेन्टागनले उत्तर कोरियाले हालैका दुईवटा मिसाइल प्रक्षेपण गरेलगत्तै अमेरिकाले प्रतिवन्धको घोषणा गरेको हो । अमेरिकाले रुसी नागरिक र संस्थालाई उत्तर कोरियालाई गैरकानूनी रुपमा मिसाइल प्रक्षेपणका लागि आवश्यक सामग्री खरिदमा सहयोग गरेको आरोप लगाएको छ ।

उत्तर कोरियाको नाम उल्लेख गरेर अमेरिकी अनुसन्धान विभागले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघले लगाको प्रतिवन्धको उल्लंघन गरेको बताइएको छ । उत्तर कोरियाले यस वर्षको सुरुदेखि नै विभिन्न क्षमताका लामो तथा छोटो दुरीका विभिन्न मिसाइलहरु प्रक्षेपण गर्दै आएको छ ।

अमेरिका, बेलायत, जापान र चीनलगायतका मुलुकले भने उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेर मिसाइल प्रक्षेपण गरेको आराप लगाउँदै आएका छन् । आफ्नो आणविक हतियार प्रक्षेपण कार्यक्रम जारी रहेकै बेला सन् २०१९ मा उत्तर कोरियाली नेता किम जोङ उनले तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ता गरेपनि सफल हुन सकेको थिएन ।

त्यसयता उत्तरले आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।