अमेरिकाद्वारा रुसविरूद्ध आर्थिक प्रतिबन्धको घोषणा - Himal Post Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

अमेरिकाद्वारा रुसविरूद्ध आर्थिक प्रतिबन्धको घोषणा



काठमाडौं- अमेरिकाले १० रूसी कूटनीतिज्ञलाई तत्काल देश छाड्न आदेश दिएको छ । रुसविरूद्ध आर्थिक प्रतिबन्ध लगाएको घोषणा गर्दै अमेरिकाले यस्तो निर्देशन दिएको हो ।

रूसी प्रशासन केन्द्र क्रेमलिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप, विशाल साइबर आक्रमण र अन्य शत्रुतापूर्ण गतिविधि गरेको आरोपमा प्रतिबन्धको घोषणा गरेको वासिङ्टनले बताएको छ ।

राष्ट्रपति जो बाइडेनको कार्यकारी आदेशले ‘रुसले आफ्नो गतिबिधिमार्फत् रणनीतिक तथा आर्थिक गतिबिधिमार्फत् अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणलाई अस्थिर बनाएमा संयुक्त राज्य अमेरिका प्रभावकारी ढङ्गले अघि बढ्न सक्छ’ भन्ने सन्देश दिन खोजेको व्हाइट हाउसले बताएको छ।