अमेरिकामा नेपाली विद्यार्थीलाई ठुलो राहत: ट्रम्प प्रशासनद्वारा निर्णय फिर्ता - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

अमेरिकामा नेपाली विद्यार्थीलाई ठुलो राहत: ट्रम्प प्रशासनद्वारा निर्णय फिर्ता



एजेन्सी- पूर्णरूपमा अनलाइनबाट पढाइ गरिरहेका विदेशी विद्यार्थीको भिषा रद्ध गर्ने आफ्नो पूर्व निर्णयबाट ट्रम्प प्रशासन पछि हटेको छ।

निर्णयको चौतर्फी आलोचना खेपेको ट्रम्प प्रशासनले मंगलबार आफू पुर्व निर्धारित निर्णयबाट पछाडी हटेको जनाएको हो।

यसले अमेरिकाका बसेर अध्ययन गरिरहेका १० औं हजार विदेशी विद्यार्थीलाई राहत दिएको छ।

गत साता अमेरिकी अधिकारीहरूले कलेज र विश्वविद्यालयमा भौतिकरूपमा उपस्थित नभई अनलाइनबाट पढिरहेका विदेशी विद्यार्थीले देश नछाडे कारवाहीको भागिदार बन्नुपर्ने घोषणा गरेका थिए।

ट्रम्प प्रशासनको यस निर्णयविरूद्ध हार्वर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्ट्यूट अफ टेक्नोलोजी लगायतका अमेरिकी विश्व विद्यालय तथा कलेजहरूले संघीय अदालतमा कानुनी चुनौती दिएका थिए।