अमेरिकामा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अमेरिकामा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु



एजेन्सी- अमेरिकाको टेनिसीमा एउटा सानो सेस्ना जेट विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ७ जनाको मृत्यु भएको छ।

सेस्ना सी५०१ विमान पर्सी प्रिस्ट तालमा खसेर दुर्घटनाग्रस्त भएको हो।

प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ।

उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ।

संघीय हवाई उड्डयन प्रशासनले विमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ। रासस/सिन्ह्वा