संक्रमण बढ्दै गएपछि अमेरिकामा नयाँ नियम: नियम तोडे ५ हजार डलर जरिवाना - Himal Post Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

संक्रमण बढ्दै गएपछि अमेरिकामा नयाँ नियम: नियम तोडे ५ हजार डलर जरिवाना



एजेन्सी–अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेक्टिकटले संक्रमण बढिरहेका ९ राज्यबाट आएका नागरिकलाई अनिवार्य १४ दिन सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेका छन्।

केही दक्षिणी तथा पश्चिमी राज्यमा संक्रमण बढ्ने क्रम नरोकिएपछि यी राज्यले नागरिकलाई आइसोलेसनमा बस्न आग्रह गरेका हुन्।

यसका साथै अलावामा, अर्कान्सास, एरिजोना, फ्लोरिडा, नर्थ क्यारोलिना, साउथ क्यारोलिना, टेक्सास, वाशिङटन र उटह राज्यबाट आएकाहरु क्वारेन्टाइनमा बस्नुपर्ने बताइएको छ।

यो नियमको उल्लंघन गर्नेले १ हजार डलर जरिवाना तिर्नुपर्र्ने र बारम्बार नियम उल्लंघन गर्नेले ५ हजार डलरसम्म जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ।

युनिभर्सिटी अफ वाशिङटनले आगामी अक्टोबरसम्म अमेरिकामा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेको छ। मास्क लगाएमा भने त्यतिन्जेलसम्म १ लाख ४० हजारको मृत्यु हुने आँकलन छ। हालसम्म अमेरिकामा संक्रमितको संख्या २३ लाख मानिस पुगेको छ भने १ लाख २१ जारभन्दा बढीको मृत्यु भइसकेको छ।

स्वास्थ्य अधिकारीहरुले आगामी साता अझै चुनौतीपूर्ण हुने चेतावनी दिएका छन्। मंगलबार अमेरिकाका संक्रमण विशेषज्ञ डा एन्थोनी फौसीले दक्षिणी तथा पश्चिमी राज्यहरुमा समुदायस्तरमा संक्रमण तीव्र रुपमा फैलिइरहेको बताएका थिए। उनले नागरिकले सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।