अमेरिकामा बस्ने नेपाली कठायतद्वारा सहयोग रकम हस्तान्तरण - Himal Post Himal Post
  • २२ मंसिर २०८२, आईतवार
  •      Sun Dec 7 2025
Logo

अमेरिकामा बस्ने नेपाली कठायतद्वारा सहयोग रकम हस्तान्तरण



उमेश थापा
बौनिया ,कैलाली । कैैैलालीको मोहन्याल गाउँपालिका वडा नं ७ कुईने स्थित ५ बर्षिया क्यान्सर पीडित आर्यान माझिलाई अमेरिकामा रहेका एक नेपालीले बुधबार घरमै पुगि डेढ्लाख बराबर नगद रकम सहयोग गरेका छन ।

कान्ति बाल अस्पताल काठमाडौंको बेडमा करीब ३ महिना देखि उपचाररत क्यान्सर पिडित ५ बर्षिय बालक माझिलाई अमेरीकामा रहेका एक नेपाली युवकले बुधबार डेढ लाख बराबर नगद उपचार सहयोग गर्नु भएको हो । मोहन्याल स्थित ओख्डेकोट घर भइ हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आउनुभएका मदनराज कठायतले नाबालक माझिको औषधी उपचारको लागि घरमै पुगि उनका हजुर आमालाई १ लाख ५८ हजार ३ सय ३८ रुपैया सहयोग रकम प्रदान गर्नुभएको छ।

यस भन्दा अगाडि पनि पिडित बालकालाई मोहन्याली बिद्यार्थी एकता मंचले पनि उपचारको लागि ४८ हजार २३ रुपैया सहयोग गरेको थियो।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा मोहन्याल गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष खर प्रसाद अधिकारिले धन्यवाद दिदै ” मदन कठायतको यस्तो शाहासिक कामलाई सबैले अनुकरण गर्नु पर्ने बताउनुभएको छ”।