अमेरिकामा शक्तिशाली आँधी,आपतकालीन स्थितिको घोषणा - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

अमेरिकामा शक्तिशाली आँधी,आपतकालीन स्थितिको घोषणा



एजेन्सी । मध्य अमेरिकामा शक्तिशाली आँधी आएपछि आपतकालीन स्थितिको घोषणा गरिएको छ । १ सय वर्षपछि आएको आँधीको कारण हालसम्म १४ जनाले ज्यान गुमाइसकेका छन् ।

२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको आँधीको कारण अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।

शक्तिशाली आँधीपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैलाई सुरक्षित स्थानमा जान भनेका छन् । त्यसको लागि बस समेत पठाइएको बताइएको छ ।

यो आँधीले अकल्पनीय विनाश निम्ताउने चेतावनी दिइएको छ ।