अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख डोज खोप बाँड्ने - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

अमेरिकाले पहिलो चरणमा २ करोड ५० लाख डोज खोप बाँड्ने



काठमाडौं- अमेरिकाले विश्वभर २ करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप बाँड्ने घोषणा गरेको छ। पहिलो चरणमा अमेरिकाले यो खोप बाँड्ने भएको हो ।

बिहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वभरबाट कोरोना उन्मूलन गर्न खोप अभियान थाल्ने घोषणा गरेका हुन्। कोरोना नियन्त्रणको लागि ८ करोड डोज खोप विभिन्न देशलाई उपलब्ध गराउने अमेरिकाको तयारी छ। त्यसमध्ये पहिलो चरणमा २ करोड ५० लाख डोज खोप जुनको अन्त्यसम्म उपलब्ध गराउने जनाएको हो।

पहिलो चरणमा एसियाली मुलुकको लागि ७० लाख डोज खोप छुट्याइएको छ। जसमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, थाइल्यान्ड, ताइवानलगायत १६ देश छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले पाउने खोपको मात्रा एकीन नभएको बताएका छन्।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले खोपका लागि अमेरिकालाई धन्यवाद दिएका छन्। ट्विट गर्दै ओलीले नेपालको आग्रहअनुसार अमेरिकाले खोप उपलब्ध गराउने घोषणा गरेको भन्दै कृतज्ञता व्यक्त गरेका हुन्।