अमेरिकामा फेरि चल्यो अन्धाधुन्ध गोली: प्रहरीसहित ६ को मृत्यु
एजेन्सी- अमेरिकाको कोलोराडोमा फेरी गोली चलेको छ । त्यहाँको स्थानीय सुपरमार्केटमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ६ जनाको ज्यान गएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बन्धुकधारीले अन्धाधुन्ध चलाउँदा एक प्रहरी अधिकारीसहित कम्तीमा ६ जनाको ज्यान गएको बताइएको छ । त्यहाँको किङ्ग सूपर ग्रोसरी स्टोरमा सोमबार अपराहन्न एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
अहिलेसम्म प्रहरीले भने ज्यान गुमाउनेको संख्या सार्वजनिक गरेको छैन । स्रोतलाई उल्लेख गर्दै त्यहाँका सञ्चारमाध्यमले कम्तिमा ६ जनाको जुयाँ गएको बताएका छन् ।
उक्त बन्दुकधारीलाई प्रहरीले पक्राउ गरिसकेको बताइएको छ । घाइते भएकाहरूको उपचार भैरहेको बताइएको छ । आक्रमणकारी पनि गम्भीर घाइते भएको बताइएको छ ।
स्थानीय समय अनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको हो । आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।