अमेरिकामा १ लाखको ज्यान गयो: कम भएको छैन महामारी - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अमेरिकामा १ लाखको ज्यान गयो: कम भएको छैन महामारी



काठमाडौं- कोरोना महामारीकै कारण सबैभन्दा धेरै क्षती बेहोरेको अमेरिकामा मृतकको संख्या १ लाख पुग्नै लागेको छ ।

मंगलबार बिहानसम्म पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृत्यु भएको छ । भने १९ हजार बढी नयाँ संक्रमित थपिएका छन् ।

योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८०५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६ हजार १५४ पुगेको छ ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ६२ हजार ७६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४३ हजार ५८६ जनामध्ये १७ हजार ११४ जनाको अवस्था गम्भीर रहेको छ ।