अमेरिकामा दुई नेपाली घरभित्रै मृत भेटिए - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

अमेरिकामा दुई नेपाली घरभित्रै मृत भेटिए



अमेरिका- अमेरिकामा दुई नेपाली घरभित्र नै मृत भेटिएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुईजना नेपाली घरभित्रै मृत अवस्थामा भेटिएका हुन् ।

मुस्ताङ जिल्ला घरभएका अन्दाजी ४० वर्षीय दुईजना नेपाली घरभित्रै मृत भेटिएको नुप्रि एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिएका छन्।

न्युयोर्कको क्विन्सस्थित जमाइकामा बस्दै आएका सोनाम लामा र क्विन्स सन्नीसाइड बस्ने थोक्मे बिष्टको मृत्यु भएको जानकारी दिइएको छ ।केही दिनदेखि बिरामी रहेका करिब ४० वर्षीय सोनामको उनी बस्ने कोठाभित्रै मृत्यु भएको जानकारी दिइएको छ ।

लामो समयफोन सम्पर्क नभएपछि सोनाम बस्ने कोठामा पुगेर हेर्दा उनी मृत अवस्थामा थिए । उनको मृत्यु कोरोना संक्रमणका कारणले हुन सक्ने बताइएको छ। यद्यपी उनको पोष्टमार्टम रिर्पोट भने आएको छैन्।

१८ वर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा छ । उनको शव केही दिनअघि प्रहरीले लगेर गएको र उनका आफन्त अमेरिकामा नभएकाले अन्य जानकारी भने प्राप्त नभएको जनाइएको छ ।

यसैगरी करिब १२ वर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको पनि उनी बस्ने अपार्टमेन्टमा नै मृत्यु भएको जनाइएको छ ।

सुरुमा टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पतालमा उपचारका लागि लगिएको र केही दिन घरमै आराम गर्न भनिएको थियो।