अमेरिकामा कोरोनाको भयावह: दैनिक दसौँ लाख भेटिन थाले - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अमेरिकामा कोरोनाको भयावह: दैनिक दसौँ लाख भेटिन थाले



काठमाडौं। संयुक्त राज्य अमेरिकामा सोमबार एकै दिनमा १० लाखभन्दा बढीमा कोभिड–१९ संक्रमण देखिएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ।

अमेरिकामा विगत २४ घण्टामा करीब १.०७ मिलियन नयाँ संक्रमण पुष्टि भएको देखिएको छ, जुन विश्वमा कोभिड महामारीको सबैभन्दा नराम्रो स्थिति हो।

नयाँ कोभिड-१९ मामिलाको संख्या पछिल्लो सात दिनमा दोब्बर बढेर प्रतिदिन औसत ४ लाख १८ हजार पुगेको छ।

यद्यपि, भाइरसको द्रुत फैलावटले देशको स्वास्थ्य सेवा प्रणालीमा थप दबाब मात्र दिएको छैन, यसले अर्थतन्त्रलाई एकपटक फेरि नराम्रोसित प्रभाभित गरेको छ।

कोभिडका कारण श्रमिकको अभाव, हजारौं उडान रद्द र केही व्यवसायले फेरि आफ्नो ढोका बन्द गर्न बाध्य भएका छन्।