अमेरिका: ५० राज्यमा कोरोनाको कहर - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अमेरिका: ५० राज्यमा कोरोनाको कहर



विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै ५० राज्यमा फैलिएको छ ।

वेष्ट भर्जिनियामा मंगलबार एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि अमेरिकाका सबै राज्यमा कोरोनाको संक्रमण फैलिएको हो ।

अमेरिकामा अहिलेसम्म झण्डै ६ हजारजनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । अहिलेसम्म कोरोना भाइरसका कारण अमेरिकामा १०५ जनाको मृत्यु भएको छ ।

विश्वभर अहिलेसम्म झण्डै दुई लाखजनामा कोरोनाको संक्रमण भएको छ । त्यसमध्ये झण्डै ८ हजार जनाको मृत्यु भएको छ ।

अमेरिकाले संक्रमण फैलिँदै गएपछि त्यसलाई रोक्नका लागि बजार बन्दसहित भिडभाड नियन्त्रण गर्ने प्रयास गरेको छ । न्युयोर्क सिटी लकडाउन गर्ने तयारी रहेको छ, सन फ्रान्सिस्कोको बे एरिया जस्तै ।

कोरोना भाइरस विरुद्धको अभियानका लागि अमेरिकी सैनिक पनि तयारी अवस्थामा रहेको जनाइएको छ । कुनै पनि राज्यका गर्भनरले आग्रह गरेमा कोरोना भाइरसको संक्रमण फैलिएको क्षेत्रमा सेनाले अस्पताल स्थापना गरी सेवा प्रदान गर्न सक्ने जनाइएको छ ।

यस्तै सेनाले १४ वटा आधिकारिक कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ, जसमा सेना बाहेकका व्यक्तिहरुको परीक्षण गरिने छ ।