अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय नजिक
काठमाडौँ- अमेरिकामा कोरोना भाइरसका कारण ८७ जनाको मृत्यु भएको छ । अमेरिकामा एक दिनमा नै भाइरसका कारण १९ जनाको मृत्यु भएको छ ।
त्यस्तै संक्रमतिको संख्या ४६६७ पुगेको छ । अमेरिका पछिल्लो समेत भयावह स्थिति देखिएको छ ।
त्यस्तै कोरोना भाइरसलाई लिएर सरकारले गरेको हेलचक्याँईका कारण आज देशले यस्तो हविगत भोगेको अधिकारीहरुले आरोप लगाएका छन् ।
आइतबार बसेको एक बैठकले अमेरिकाले सम्पुर्ण अमेरिकन जसले बिमा गरेका छन् उनीहरुले निशुल्क कोरोना परीक्षण गर्न पाउने निर्णय गरेको छ ।
अमेरिकामा पनि कालोबजारी सुरु भएको बताइएको छ ।
माक्स र ट्वाइलेट पेपरको अभाव भएको छ भने आम उपभोग्य सामान एक दिनमा नै स्टोरबाट सकिन थालेको बताइएको छ ।
अमेरिकामा सरकार र विज्ञहरुको टिप्पणी बाजिएपछि आम मानिसमा थप त्रासको वातावरण भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
सरकारले धैर्य रहन आग्रह गरे पनि विज्ञहरुले स्थिति झन् खतरनाक हुँदै गएको बताउँदै आइरहेका छन् ।