अमेरिका-चिन ब्यापार युद्धले भारत मालामाल - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

अमेरिका-चिन ब्यापार युद्धले भारत मालामाल



नयाँ दिल्ली-अमेरिका–चीनबीच चलिरहेको व्यापार युद्धका कारण चीन छोड्ने कम्पनीलाई भारतले वित्तीय लाभ सहितको प्रस्ताव गर्ने सोच बनाएको छ ।

विभिन्न खालका आकर्षक प्रस्तावमा सौविध्यपूर्ण करको दर र कर होलिडे जस्ता वित्तीय लाभका विषयलाई बिचार गरिरहेको अज्ञात स्रोत उल्लेख गर्दै ब्लूमबर्गले जनाएको छ । भारतको व्यापार मन्त्रालयको दस्तावेज अनुसार लाभ दिइने उद्योगहरुमा इलेक्ट्रोनिक्स, उपभोक्ता एप्लायन्सेस, विद्युतीय सवारी, जुत्ता र खेलौनाहरु रहेका छन् ।

यो प्रयास आयातमाथिको निर्भरता कटौती गर्ने र निर्यात बढाउने मन्त्रालयको ठूलो योजनाको एक अंशको रुपमा रहेको छ । यसले प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेक ईन इन्डिया’ इनिसियटिभलाई सहयोग गर्ने र भारतको म्यानुफ्याक्चरिङ आधारलाई वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
मोदीको योजनाले देशको अर्थतन्त्रमा २०२० सम्ममा म्यानुफ्याक्चरिङलाई २५ प्रतिशतमा पु¥याउने लक्ष्य कार्यक्रमले लिएको छ ।

चीन भारतकै ठूलो व्यापार साझेदार मुलुक हो । नयाँ योजनाले नयाँ दिल्लीलाई विश्वकै दोस्रो ठूलो अर्थतन्त्रसँग रहेको विशाल आकारको व्यापार घाटा कम गर्नका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ ।
भारतमा एफडीआई नीतिहरुलाई हेर्ने विभागले उपलव्ध गराएको रिपोर्ट अनुसार चिनियाँ कम्पनीहरुले गर्ने लगानीले भारतीय बजारको विभिन्न क्षेत्रको विविधतालार्य सहयोग गर्नेछ । यसमा धेरैजसो स्मार्टफोन र कम्पोनेन्ट म्यानुफ्याक्चरिङ, उपभोक्ता एप्लायन्सेस, विद्युतीय सवारी र पार्टसका साथै दैनिक उपभोग्य सामग्रीहरु रहेका छन् । यस किसिमका सामग्रीहरु पहिलेदेखिनै चीनबाट भारतमा ९५ प्रतिशत आयात हुदै आएका छन् ।

भारतीय सरकारले निर्यात गर्न सकिने १५० बस्तुहरुको पनि पहिचान गरेको छ । जसले चीनसँगको व्यापारमा वृद्धि गर्न सकिन्छ । यसमा तयारी तथा भण्डारण गरिएको आलु, पोलिस्टर र टी–सर्टको सिन्थेटिक स्टेपल फाइबर र मोटोरका लागि सुपरचार्जहरुलाई समावेश गरिएको छ ।