राष्ट्रसंघले भन्यो: अमेरिकामा गम्भीर भोकमरीको स्थिति आउँछ - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

राष्ट्रसंघले भन्यो: अमेरिकामा गम्भीर भोकमरीको स्थिति आउँछ



काठमाडौं । संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण अमेरिकामा भोकमरीको स्थिति आउन सक्ने चेतावनी दिएको छ । ४ करोड जनतामा खाद्य असुरक्षाको स्थिति सिर्जना हुन सक्ने भन्दै राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो ।

अमेरिकाका छ वटा राज्यमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । टेक्सस, फ्लोरिडा, ओकलाहामा, एरिजोन, नेवाडा र ओरगानमा संक्रमितको दर बढेको हो ।

कोरोना परीक्षणको दायरा बढाएसँगै ती राज्यहरुमा संक्रमितको संख्या बढेको हो । यसैबीच संयुक्त राष्ट्रसंघले कोरोना भाइरसका कारण अमेरिकामा भोकमरीको स्थिति आउन सक्ने चेतावनी दिएको छ ।

दक्षिण र मध्य अमेरिका र क्यारेबियन मुलुकमा कोरोना भाइरसका कारण ४ करोड जनतामा खाद्य असुरक्षाको स्थिति सिर्जना हुन सक्ने राष्ट्रसंघले जनाएको छ ।