अमेरिकामा बेहाल: मृतकले भरियो अस्पताल - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

अमेरिकामा बेहाल: मृतकले भरियो अस्पताल



एजेन्सी– अमेरिकामा कोरोना संक्रमितको संख्या चीन, इटाली र स्पेनको भन्दा पनि बढी पुगेको छ । यहाँ प्रत्येक साढे २ देखि ६ मिनेटको अवधिमा एकको मृत्यु भएपछि न्यूयोर्कको अस्पतालका मुर्दाघर भरिएको छ ।

जोन हपकिन्स युनिभर्सिटी कोरोनाभाइरस रिसोर्स केन्द्रले विगत २४ घन्टाको अवधिमा देशमा ८८४ मानिसको मृत्यु भएको उल्लेख गरेको छ । यो एकै दिनमा भएको मृत्युको संख्या सर्वाधिक बढी हो ।

यसैबीच राष्ट्रपति ट्रम्पले अमेरिकीलाई कठिन दिनका लागि तयार हुन चेतावनी दिँदै आगामी दुई साता अत्यन्त दर्दनाक हुन सक्ने बताएका छन् । जोन हपकिन्स केन्द्रका अनुसार कोभिड–१९ का कारण अमेरिकामा करीब १,९०,००० मानिस संक्रमित भएका छन् ।

पुरै देशमा बढ्दो मृतकको संख्या मध्यनजर गर्दै शवको अन्तिम संस्कार गर्न समेत मुश्किल हुन थालेको छ । न्यूयोर्कको अवस्था झनै खराब भएको छ । विगत ३० वर्षदेखि शव गाड्ने काम गर्दै आएको इन्टरनेशनल फनेरल कम्पनीका सीईओ मर्मोले लाश सम्हाल्न मुश्किल भएको बताएका छन् ।

उनले भनेका छन्,‘अस्पतालको मुर्दाघर लगभग भरिएको छ । यी शवलाई गाड्न पनि खतरनाक हुदै गइरहेको छ । मलाईनै थाहा छैन कि म कति लाश लिन सक्छु ।’राष्ट्रपति ट्रम्पले यो महामारीलाई प्लेगको नाम दिँदै भनेका छन्, ‘म चाहन्छु कि प्रत्येक अमेरिकी नागरिक आगामी कठिन दिनका लागि तयार हुन् । अभैm दुई सातासम्म राहतको कुनै सम्भावना छैन । यसैले यो समय अत्यन्त दर्दनाक रहने छ ।’