अमेरिकामा मदन दिपबीम बिशेष सांगीतिक साँझ हुँदै
बिशाल पाण्डेय / हिमाल पोस्ट ।
अमेरिकाको सान फ्रान्सिस्कोमा मदन दिपबीम बिशेष सांगीतिक साँझ हुने भएको छ ।
लायन्स क्लब वर्कली लालीगुराँस र विकल्प नामको अर्को संस्थासँगको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर १६ तारीखका दिन मदन दिपबीम बिशेष सांगीतिक साँझ कार्यक्रमको आयोजना गरिएको हो ।
केहिदिन अघि पत्रकार भेटघाट कार्यक्रम गर्दै आयोजकहरुले कार्यक्रम मदन दिपबीमद्धारा रचित, संगीत गरिएका, गाइएका गीतहरुको बहार साँझ हुने कुरा जानकारी गराएका थिए । बिशेष गरि २०४० देखि २०५० साल सम्मका चर्चित गीतहरु अन्य गायकहरुले गाउने छन। लाक्पा शेर्पा, नरेन्द्र प्यासी र ममता दिपबीम सो कार्यक्रमका लिड गायकहरु रहेका आयोजकले जानकारी दिएको छ ।
त्यसैगरी रन मगर, जुना प्रसाई लगायत अन्य स्थानिय गायक गायीकाहरुको प्रस्तुति रहने समेत आयोजकले जनाएको छ। साथै कार्यक्रममा रमाइला नेपाली गीतका नृत्यहरुको कलात्मक प्रदर्शन र सुमधुर गायनले मन्त्रमुग्ध हुने कुरा आयोजकहरुले बताए । डेढ दर्जन गीत र आधा दर्जन जति नृत्यका साथमा केहि सम्मानको समेत कार्यक्रम रहने कुरा पत्रकार भेटघाटमा बताइएको थियो ।
पत्रकार भेटघाट कार्यक्रममा श्रष्टा मदन दिपबीम बस्नेत स्वयं उपस्थित थिए । उनले आफू लोक गायक रहेको, ५०/६० जति गीत गाएको र १५०० भन्दा धेरै गीतहरुमा संगीत गरेको बताए । यसका साथ आफु हास्य-व्यंग्यकार समेत रहेको मात्र होइन पहिलो कलाकारिता पहिचान भने नृत्यबाट भएको बताएका थिए । आफूले थुप्रै कोरियोग्राफी समेत गरेको बताउने बस्नेतले धेरै बर्ष नृत्य सिकाएको पनि जानकारी दिएका थिए । तरादेवी, पुष्प नेपाली देखि ऐलेका मेलिना राइ सम्ममाका गायक/गायिकाहरुको गीत संगीत गरेका बस्नेतले आफ्नो ज्यानले सके सम्म यो क्षेत्र नछोड्ने पत्रकार भेटघाटमा बताए ।
ओकल्याण्ड एशियन कल्चर सेन्टरमा हुने सो सांगितक साँझलाइ सार्थक संगीत यात्रा नाम दिइएको आयोजकले बताएको छ ।(अमेरिकाबाट अभिषेक ज्ञवालीको सहयोगमा)