छ देशमाथि अमेरिकाको भिसा प्रतिबन्ध, डिभी परेका पनि जान नपाउने - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

छ देशमाथि अमेरिकाको भिसा प्रतिबन्ध, डिभी परेका पनि जान नपाउने



एजेन्सी । अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गरेको छ ।

जनवरी ३१ मा प्रकाशित उक्त विज्ञप्तिका अनुसार म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ ।

विज्ञप्तिका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेका छन् ।

बर्माका आप्रवासीहरुलाई अमेरिका आउन नपाउने भएका छन् ।

भिसा प्रतिबन्ध लागेसँगै अमेरिकी सरकारले अन्य देशहरुमा यस्तो निर्णय गर्न सक्ने बताइएको छ ।

विशेष आप्रवासीका लागि योग्य हुनेले भने भिसा प्राप्त गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

इरिटेरिया, क्रिग्रिस्तान र नाइजेरियामाथि पनि यस्तै खालको भिसा प्रतिबन्ध लगाइएको छ ।