अम्बाको पात खाँदा यस्तो फाईदा ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अम्बाको पात खाँदा यस्तो फाईदा !



मानिसहरुले अम्बाको फल मात्र खाने गर्छन् । तर, धेरैलाई थाहा नहुन सक्छ यसको फलभन्दा पनि पात उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ । ती गुणहरुको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

-अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ ।

-तपाईं डन्डिफोरको समस्याबाट आजित हुनुहुन्छ भने अम्बाको पात पिसेर दल्न सक्नुहुनेछ । किनकि, अम्बाको पातमा डन्डिफोरलाई समेत निको पार्ने शक्ति हुन्छ ।

-यदि तपाईंमा मोटोपनको समस्या छ भने पनि अम्बाको पात प्रयोग गर्दा हुन्छ । अम्बाका पातले तौल घटाउने काम गर्छ ।

-अम्बाको पात पानीमा उमालेर पिएमा कलेजोलाई निकै फाइदा गर्छ । यसले कलेजो सफा गर्ने काम गर्दछ ।

-अम्बाको पातको सुपले पाचन प्रणालीलाई पनि व्यवस्थित राख्ने काम गर्दछ ।

-अम्बाको पातले छालादेखि कपालसम्मलाई फाइदा र्पुयाउँछ । यसले कपालको विकासमा सहयोग र्पुयाउँछ ।

-यदि तपाईं कपाललाई लामो बनाउन वा छिटो हुर्काउन चाहनुहन्छ भने पनिअम्बाको पात उपयोगी हुन सक्छ ।

-अम्बाको पात पिसेर शरीरका विभिन्न जोर्नीमा लगाएमा जोर्नी दुख्ने, सुन्निनेलगायतका समस्या समाधान गर्छ ।

-यसले दाँत, घाँटीको दुखाइलाई पनि निको पार्दछ ।