आमा- दुखै दु:खको समुन्द्र ! - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आमा- दुखै दु:खको समुन्द्र !



-दिलिप भुषाल 

हामी सबैको जन्मदाता, प्राणदाता – आमा। आमाले आफ्नो सन्तानलाई कोखमा ९ महिना दुख कष्ट सहेर हामीलाई जन्म दिन्छिन्।९ महिना कोखमा राखे पनि त्यो भन्दा ठुलो कष्ट आमाले हामीलाई हुर्काउन अनि परिवारलाई खुसी पार्न बेतित गर्छिन ।

नेपाल जस्तो गरिब देश जहाँ आधा भन्दा धेरै जनता गरिबीको रेखा मुनि छन्, यस्तो देशका ग्रामीण भूभागमा एउटी महिलाले आफ्नो सन्तानलाई हुर्काउन के सम्म दुखकस्ट सहनु पर्यो होला ?

परिवारको खुसीको लागी कतिसम्म आफ्नो खुसी त्याग्नु पर्यो होला ?हरेकसाल हामी सुन्छौ हिमाल तथा पहाडमा समयमै अस्पताल नपुराउदा सुत्केरीको निधन, तराईमा दाइजो कम भएको कारण बुहारीको हत्या ।सायद सहरका अस्पतालमा डाक्टर र नर्सको निगरानीमा जन्मिनिले सोच्न पनि सक्दैनन गाउ-घरमा जन्मिनेको पिडा।

आमा भन्नु हुन्थ्यो मैले भैसीलाई घास हाल्दै गर्दा त भाकरोमा जन्मिएको होस्।२ दिदीबहिनी पछि जन्मिएको म, घरमा नाति जन्मिएको भनेर सुन्दा हजुर बुबाले ए मेरो नातिलाइ राम्रोसंग स्यार -सुसार गर भन्नु भएछ अनि छोरो जन्मिएको खुसीमा भारतमा नोकरी गर्ने मेरा बाबा नवारानको दिन घर आउँनु भएछ।पहिलेका २ सन्तान दिदीहरु जन्मिएको हुनाले म गर्भमा छदा आमाबाबाले दिल्ली गएर भिडियो एक्सरे गराउने, यदि छोरि भए गर्भ पतन गर्ने सल्लाह भएछ।

सायद भगवानको कृपाले म छोरो बनेर जन्मिए , छोरि भएको भए आज म यो संसारमा हुदैन्थे ।

मेरी आमा ५० वर्षकि पुग्नु भयो।छोराछोरीलाई हुर्काउदा हुर्काउदै जिन्दगीको आधा शताब्दी सकियो आमाको।बाबा अझै नि भारतमै नोकरी गर्नु हुन्छ।१५ बर्सको हुदा बिहे भएकी मेरी आमा आजको दिनसम्म आउदा कहिले नि सुख के हो महसुस गर्न सक्नु भएन।

आमालाइ सुख के हो, थाहा नै छैन।उहाहरुलाइ अझै पनि दुख नै गर्नु पर्छ भन्ने छ।

आज बैदेशिक रोजगारीमा जानेहरुका श्रीमतीहरुको चालचलन माथि हाम्रो समाजले शंकाको नजरले हेर्छ जब आज भन्दा ६०/७० पहिलेदेखि भारतमा रोजगारीमा जानेहरुका श्रीमतीलाई कहिले नि शंकाको नजरले हेर्नु परेन त्यति बेलाको समाजले।

हाम्रा आमाहरुको पुस्ताले भगवान सिता  जस्तै पतिवर्ता बने।सानै उमेरमा बिहे हुनु अनि बिहे पछि लगत्तै बच्चा हुने हुदा हाम्रो आमाहरुले श्रीमान्को माया कस्तो हुन्छ महसुस गर्न पाएनन।या भनौ आमाहरुलाई त्यो बारेमा सोच्ने फुर्सद नै भएन।

बिहानै सबेरै ४/५ बजे उठेर गाइबस्तुलाइ घासपानि, ७/८ बजे छोराछोरिलाई खाना खुवाएर स्कुल पठाउने अनि दिउसो घर धन्दा गर्दा गर्दै आमाहरुको जिन्दगी नै गयो ।न त आमाहरुले अहिलेका पुस्ताले जस्तै बिहे पछि १/२ महिना हनिमुनको नाममा घुम्न पाए न त हरेक साल बिहेको वार्षिक उत्सोब मनाउन पाए।

हलमा सिनेमा हेर्नु अनि हवाइ जाहज चड्नु आमाको पुस्ताको लागि कल्पना भन्दा बाहिरको कुरा हो।

घरमा सबै काम आमाले गर्ने गरे पनि हामीलाई कहिले आमाको नामले बोलाइएन। हामी फलानाको छोरो तथा फलानाको नाति भनेर परिचय बन्यो ।हामी मध्ये धेरैको नागरितामा अझैँ पनि आमाको नाम छैन होला।

घरमा हुने ठुला निर्णय प्रदेश बसेका बाबाको सल्लाहामा हुन्थ्यो या बाबाले भरोसा गरेका गाउ घरका कुनै लोग्ने मान्छेको सल्लाहमा हुन्थ्यो जस्तै काका या अरु कुनै ।

आमाहरु जिन्दगी भर दोस्रो दर्जाका भएर बसे।न त उनिहरुलाइ कति सन्तान जन्माउने भनेर निर्णय गर्न दिइयो न त आफ्ना बालबच्चाको भबिस्यको बारेमा निर्णय गर्ने दिइयो।

आमाहरु केवल बच्चा जन्माउने मेसिनका तथा बाउहरुको सम्पतिको सुरक्षामा राखेका चौकिदार जस्तै भए घरमा सानो तथा ठुलो जमघट हुदा हाम्रो समाजमा महिलाहरुले सास फेर्ने फुर्सद पनि पाउदैनन।

बुहारीहरु भाडा माझें काममा तल्लिन हुन्छ भने सासुहरु भान्सामा।पुरुसहरुले भने खासै काम गर्नु पर्दैन, उनीहरुको काम भनेको चिया खादै गफ गर्ने हो।धेरै पुरुषलाई नाग्लोमा चामल केलाउन आउँछ न त टपरी बनाउन आउँछ, पुरुहरु सधै शोषकको भुमिका बसे।

एकपटक मैले दिनभरी काम गरेकी छिमेकि भाउजुलाई, हजुरलाई किन थकाई लाग्दैन भनेर सोध्द्दा उहाले यो घर आउने मूलबाटो बाट थकाइ कहाँ जान्छ-जान्छ बाबु भनुभयो।

हाम्रो समाजमा महिलाले आफुलाई कतिसम्म मानसिक रुपमा पाराजित गर्छन भन्ने सहजै अनुमान लगाउन सक्छौ ।

हाम्रो शरीरमा सानो चोटपटक लाग्दा पनि हाम्रो मुखबाट पहिलो शब्द आमा नै आउछ।चाहे त्यो सानोमा कसैले हामीलाई हेप्दा होस् , “आमालाइ भन्दिन्छु” अथवा ठुलो भए पछि केहि गर्दा होस् “मरे नि आमा”.यहाँ मान्छेले अरुलाई तथानाम गालि गर्दा पहिलो शब्द उसकै आमाको बारेमा नै प्रयोग हुन्छ। सन्तानले गल्ति गर्छ तर गालिको नाम उसकी आमालाई सम्बोधन गरेर गरिन्छ।

हाम्रो समाजमा आमाहरुले धेरै नै दुख पाए।देश राणा सासनबाट पन्चायत हुदै लोकतन्त्र अनि सघिय गणतन्त्रमा आयो तर आजसम्म पनि हाम्रो देशमा नारि पुरुस सामन हुन सकेका छैनन।

कागजी रुपमा समान भए पनि ब्यबहारिक रुपमा हाम्रो समाजले महिलालाइ समान दर्जा दिदैन।

एदि कुनै युवतीको श्रीमान अल्पायुमै निधन भएमा उसलाई अर्को बिहे गर्न धेरै समय कुर्नु पर्छ जब कि पुरुसलाई दोस्रो बिहे गर्न खासै समस्या हुदैन।

यदि कुनै पुरुषको ४०/५० सालको छ र उसकी श्रीमतीको निधन भएमा हाम्रो समाजले दोस्रो बिहे गर्न दबाब दिन्छ, पुरुसलाइ दयाको नजरले हेरिन्छ।

उसलाई बुढेशकालमा खान पकाउन दिने मान्छे चाहियो रे तर श्रीमानको निधन पछि महिलालाई हामो समजाले धेरै कुरामा बन्देज लगाएको छ, यहाँ रातो कपडा लगाउन नहुँने, सिदुर पोते लगाउ नपाइने जब कि पुरुषलाई कुनै बन्देज छैन।

सायद त्यसैले भनिएको होला नारीको जीवन जन्मदेखि मृत्युसम्म दुखै दुखको समुन्द्र हो।