आमा– छोरा मिलेर एक जनाको हत्या - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

आमा– छोरा मिलेर एक जनाको हत्या



बाग्लुङ– बाग्लुङको बरेङ गाउँपालिकामा आमा– छोरा हत्या आरोपमा पक्राउ परेका छन्। स्थानीय खाल्डे बस्ने ३० वर्षीय यमबहादुर सार्कीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरेको हो।

सोही ठाउँ बस्न ४० वर्षीया सुमित्रा सार्की र उनकै छोरा १९ वर्षीय अर्जुन सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

आमा– छोराबीच बिहीबार घरायसी बिषयलाई लिएर झगडा भएको थियो। झगडा मिलाउन गएका यमबहादुरलाई नै आमा–छोरा मिलेर कुटपिट गरेका थिए।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा घाइते भएका थिए। यमबहादुरले मदिरा पिएर झगडा मिलाउने नाममा जथाभावी बोलेपछि आफुहरुले कुटपिट गरेको उनीहरुले बताएका छन्। पक्राउ परेका दुवैलाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ। जसमा उनीहरुलाई २० वर्षसम्म कैद सजाय हुनसक्छ।