आलुको बोरामा ल्याउदै गरेको झण्डै ७० लाख भारतीय रुपैँया कैलालीमा बरामद

कैलाली: कैलालीमा अबैध रुपमा नेपाल भित्राउन लागिएको ठुलो परिमाणमा भारतीय रुपैयाँ सहित एक जना पक्राउ परेका छन्।
शसस्त्र प्रहरीले कैलालीको भजनी नगरपालिका वडा नम्वर ३ कुसुमघाटबाट ७१ लाख ७९ हजार ३ सय भारतीय रुपैँया ल्याउदै गर्दा लम्की चुहा नगरपालिका १ का ३१ वर्षिय कृष्णराज जोशीलाई पक्राउ गरेको हो। जस्को नेपाली १ करोड १४ लाख ८ सय ८० रुपैया हुन्छ। यसअघि शसस्त्र प्रहरीले झण्डै २५ लाख बरामद गरेको बताएको थियो।
आलुको बोरामा भारतीय रुपैँया ल्याउदै गर्दा सो रकम र जोशीलाई पक्राउ गरीएको शसस्त्र प्रहरी वल कैलाली ३४ नम्बर गणका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षण विष्णु भट्टले जानकारी दिए। यसअघि उनले अन्दाजी २५ लाख भारतीय रुपैयाँ बरामद भएको बताएपनि गन्ती गर्दा अनुमानको तीन गुणा रकम भेटिएको हो।
प्रहरीले २५ लाख भनेपनि श्रोतका अनुसार झण्डै ७० लाख भारतीय रुपैँया बरामद गरिएको थियो। पक्राउ गरेका जोशीले चलाईरहेको से ४ प ६७६० नम्बरको मोटरसाईकल पनि बरामद गरिएको छ।

