व्यावसायिक आलु खेतिमा आकर्षण - Himal Post Himal Post
  • ७ पुष २०८१, आईतवार
  •      Sun Dec 22 2024
Logo

व्यावसायिक आलु खेतिमा आकर्षण



मसुरिया,कैलाली । कैलालीको कैलारी गाउँपालिका -८ भगतपुरका कृषकहरुले सामुहिक रुपमा लगाएको व्यावसायिक आलु खेतिको बजार सुनिश्चित भएको छ । विगतमा एकल रुपमा खेति गर्दा बजार नपाउदा आफ्नो घर परिवारको खानाको लागि मात्र खेति गर्दै आएका सो गाउँका स्थानीय थारु समुदायले यस पटक सामुहिक खेति गरेका हुन ।

आफ्नो परिवारको लागि मात्र पुग्ने गरी आलु लगाउने गरेको विगत सम्झदै गाउँका भल्मन्सा महाविर चौधरीले अहिले ४ कठ्ठा जग्गामा आलु लगाएका छन् । २० जना किसानले व्यावसायिक रुपमै आलु खेति तथा खुसार्नी र काउलि लगाएर बजारमा विक्री गर्न थालेका छन् ।

दिगो विकास समाज भजनी कैलालीले कृषि तथा आर्थिक विकास परियोजनाबाट प्रविधिक तथा स्थलगत तालिमको फिल्ड स्तरमा सहयोगमा सो गाउँमा आलु खेति गरिएको हो । आलु खेतिले किसानलाई व्यवसायिकरुपमा ठुलो परिणममा कृषि उत्पादन गर्न सके बजारको अभाव नहुने रहेछ भन्ने बोध गराएको भल्मन्सा चौधरी बताउछन ।
भ्रमणको क्रममा घोडाघोडी नगरपालिका विभिन्न वडामा सामुहिक तथा एकल रुपमा गरिएको कृषि उत्पादन र व्यवसायिक च्याउ खेतिको साथै आयमुलक व्यवसायको पनि निरीक्षण स्थलगत समस्याको अनुभव आदानप्रदान समेत गरीएको थियो ।

सामुहिक र एकल रुपमा तरकारी खेती गरेका कृषकका ताजा र विष रहित ताजा तरकारी तथा कृषि उपजको बजार प्रवर्द्धन गर्न नगरपालिकाका कृषि शाखाका कर्मचारी , पत्रकार साझेदार संस्थाका प्रतिनिधि , कृषक र व्यापारीहरुलाई स्थलगत भ्रमणमा सहभागिता रहेको थियो ।

वल्र्ड भिजन इन्टरनेसनलसँगको साझेदारीमा दिगो विकास समाज भजनीले स्थानीय समुदायलाई आत्मनिर्भर स्वरोजगार बन्न सिप क्षमताको विकास गर्दै गरिबी निवारणका कार्यक्रम सञ्चालन गर्दै रहेको समाजका कृषि तथा आर्थिक परियोजनाका बजार संयोजक विनोद शाहले जानकारी दिए।