फाइनलमा अलमुताइरी नै निलम्बित, भने- म माथि अन्याय भयो - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

फाइनलमा अलमुताइरी नै निलम्बित, भने- म माथि अन्याय भयो



काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्धको साफ च्याम्पियनसिपको फाइनल खेलमा सहभागी हुन नपाउने भएका छन् । प्रतियोगिताको दौरान दुईवटा पहेँलो कार्ड पाएकाले उनीमाथि साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको हो ।

अल्मुताइरीले आफूहरूमाथि अन्याय भएको बताएका छन् । उनले नियमनको पालना गर्नुपर्ने पनि बताएका छन् । यस्तै, नेपालका फरवार्ड अन्जन विष्टले पनि फाइनल खेल गुमाउने छन् । उनले पनि प्रतियोगिताको दौरान दुईवटा प्लेकार्ड पाएका थिए ।

अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन् ।

‘मलाई कारबाही गर्न कै लागि नियम परिवर्तन गरियो । यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ उनले भने, ‘यो मलाई होइन, नेपाली फुटबललाई कारबाही हो ।’ साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ । यो नियम अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा लागू हुने उनको भनाइ छ ।

‘आफ्नै नियमलाई पालना नगर्ने हो भने किन राखेको ?,’ उनले प्रश्न गरे । माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा उपस्थित हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको पनि अलमुताइरीले गम्भीर आरोप लगाए ।

‘साफलाई सायद नेपालले निकालेको नतिजा मनपरेको छैन । र, यदि म मैदानमा भएँ भने नेपालले उपाधिका लागि अन्तिमसँग लड्छ भनेर यो गरेको हुनसक्छ । म ठ्याक्क भन्न सक्दिनँ,’ उनले भनेका छन् । नेपालले निलम्बनविरुद्ध एएफसीलाई पुनःमूल्यांकनका लागि पत्र पठाएको भए पनि एएफसीले पनि साफकै निलम्बन लागू हुने बताएको छ ।

आज भारत र नेपालबीच उपाधि भिडन्त हुँदैछ । खेल नेपाली समयअनुसार आज राति ८:४५ बजे हुँदैछ ।