फुटबल प्रशिक्षक अलमुताइरीले माफी मागे - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

फुटबल प्रशिक्षक अलमुताइरीले माफी मागे



काठमाडौं- राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत अलमुताइरीले आफ्नो अभिव्यक्तिका कारण विवाद सिर्जना भएपछि माफी मागेका हुन् ।

उनले फुटबल र पदाधिकारीहरु सुध्रिन आवश्यक रहेको बताएका थिए । अलमुताइरीले नेपाली राष्ट्रिय टिम र खेलाडीको बारेमा बोल्दा आफ्ना उद्देश्य तीन दशकमा नेपालको टिम र अन्य एसियन टिमको विकासको बारेमा बुझाउनु रहेको स्पष्ट पारेका छन् ।

‘गत महिना मैले एक अनलाइनमा दिएको अन्तर्वार्ताको बारेमा माफी माग्न यहाँ छु । नेपाली राष्ट्रिय टिम र खेलाडीको बारेमा बोल्दा मेरो उद्देश्य तीन दशकमा नेपालको टिम र अन्य एसियन टिमको विकासको बारेमा बुझाउनु थियो । पछिल्लो समय मैले मेरा शुभेच्छुक र फुटबललाई माया गर्ने परिवारसँग छलफल गर्दा मैले महसुस गरेको छु कि मेरो भनाइको गलत अर्थ लागेको छ । नेपाली जनता, विशेषगरी पूर्व खेलाडी र प्रशिक्षक वा जसले मेरो सोचबारे गलत बुझे, उनीहरु सबैप्रति क्षमाप्रार्थी छु,’ अलमुताइरीले भनेका छन् ।