भारतीय सांसदले हटाइन नेपालबारे लेखेको ट्वीट, यसरी मागिन् माफि - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

भारतीय सांसदले हटाइन नेपालबारे लेखेको ट्वीट, यसरी मागिन् माफि



भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणी आफ्नो ट्वीटरबाट हटाएकी छन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी थिइन् ।

उनको त्सस्तो ट्वीटले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको बेला उनले ट्वीटरबाटै नेपाल र नेपालीमाझ माफी मागेकी छन् । उनले ट्वीटरमा लेखेकी छन्, ‘मैले थाहा पाए की मेरो एक ट्वीटले नेपालीको मन दुखेको छ, म यसको लागि नेपाल र नेपाली जनतासामू माफि चाहान्छु । मेरो ट्वीटरको मतलव कसैको मन दुखाउनु थिएन, मैले तपाईहरुको भावनाको कदर गर्दै उक्त ट्वीट ट्वीटरबाट हटाएकी छु । God bless #IndiaNepal friendship.’

उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वा्िचत भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न सभामा आफू भारतको चौकीदार भएको बताउँदै आफूले चोरी नगर्ने अभिव्यक्ति दिएका थिए ।

मोदीको यो अभिव्यक्तिलाई भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मोदीप्रति लक्षित गर्दै ‘देशको चौकीदार चोर’ भएको अभिव्यक्ति दिएका थिए । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निरव मोदीलगायतका व्यापारीलाई भारतबाहिर भगाउन सहयोग गरेको भन्दै आलोचना गर्दै आएका छन् ।