मन्त्री आलेले थाले बतास समूहमाथि छानबिन - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

मन्त्री आलेले थाले बतास समूहमाथि छानबिन



काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिस्थित धर्मशालामा बतास ग्रुपले सम्झौता उल्लंघन गरेर काम गरेको भन्दै छानबिन समिति गठन गरेका छन् ।

नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल आनन्द सञ्चालन गर्दै आएको छ । त्यसमा सम्झौता उल्लंघन गरेको भन्दै मन्त्री आलेले बतास समूहमाथि छानबिन अघि बढाएका हुन् ।

यसअघि पनि बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा सम्झौता विपरीत रेस्टुरेन्ट निर्माणको काम गरेको भन्दै आलेले छानबिन समिति गठन गरेका थिए ।

पशुपतिस्थित धर्मशालाको ‘लिज आउट’ प्रकरणमा बतास समूहले सम्झौता विपरीत काम गरेको आरोप लगाउँदै आलेले छानबिन समिति गठन गरेका हुन् ।

आलेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा, गृहसचिव टेकनारायण पाण्डे र देवीप्रसाद बराल रहेको तीन सदस्यीय समिति गठन गरेका छन् । उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ ।