मन्त्री आलेले किन गर्दैछन् सलमान खानसँग भर्चुअल संवाद ? - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

मन्त्री आलेले किन गर्दैछन् सलमान खानसँग भर्चुअल संवाद ?



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच भर्चुअल संवाद हुने भएको छ। आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टुर र पर्यटन प्रवर्द्धनबारे उनीहरुबीच छलफल हुन लागेको हो।

उक्त भर्चुअल संवादमा मन्त्री आले र सलमानसहित नेपालबाट विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति सहभागी हुने ओडीसी इन्टरटेनमेन्टले आइतबार विज्ञप्ति जारी गर्दै जनाएको छ।

सो अवसरमा सलमानले नेपाली सञ्चारकर्मीले सोधेका प्रश्नको जवाफ पनि दिनेछन्। ओडीसीले नै यसअघि सलमानलाई नेपाल ल्याउन तयारी गरेपनि विवादका कारण कार्यक्रम रोकिएको थियो।