आलेलाई नैतिकताको आधारमा राजीनामा दिन आफ्नै पार्टीको दवाव, परामर्श गर्दै - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

आलेलाई नैतिकताको आधारमा राजीनामा दिन आफ्नै पार्टीको दवाव, परामर्श गर्दै



काठमाडौं- पर्यटन जस्तो सभ्यतासँग जोडिएको मन्त्रालय सम्हालेका प्रेम आलेले सुन्नै नसकिने अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएको छ ।

अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मन्त्री आलेको चर्को आलोचना भैरहेको छ । मन्त्री जस्तो पदमा बसेका आलेलाई नैतिकताको आधारमा राजीनामा गर्न दवाव परेको छ ।

एकीकृत समाजवादीकै नेताहरूले उनलाई नैतिकताको आधारमा राजीनामा दिन दवाव दिएपछि आले परामर्श गरिरहेको बताइएको छ ।

आले निकट स्रोतका अनुसार अडियो सार्वजनिक भएपछि उनी तनावमा छन् । बिहानैदेखी उनी परामर्शमा जुटेका छन् ।