पैसा बाँढेको भन्दै निर्वाचन आयोगले लियो प्रेम आलेमाथि 'एक्सन' - Himal Post Himal Post
  • २१ माघ २०८२, मंगलवार
  •      Tue Feb 3 2026
Logo

पैसा बाँढेको भन्दै निर्वाचन आयोगले लियो प्रेम आलेमाथि ‘एक्सन’



नेकपा एकीकृत समाजवादीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आयोगले विभिन्न आरोप लगाउँदै स्पष्टिकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको भन्दै निर्वाचन आयोगले आलेसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ।

मन्त्री आलेविरुद्ध आयोगमा डोटीको जोरायल गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त आयोजनामा वैशाख २६ मा भएको चुनावी सभामा पार्टीका लागि मत मागेको, मतदाता भड्काउन भ्रमात्मकभाषण दिएको, तडकभडक गर्दै भोजभत्तेर गरेको, मतदातालाई रकम बाँडेको, गाउँपालिकामा नेकपा (एमाले) का अध्यक्षका उम्मेदवार दुर्गादत्त ओझाको चरित्र हत्या गर्ने खालका सम्पादित भिडियोहरू सार्वजनिक स्थलमा राखेको, गुण्डागर्दी गर्दै अराजक टिम परिचालन गरी ज्यान मार्ने धम्की दिएको आदि बेहोरासहितको आएपछि उनलाई स्पष्टीकरण दिन भनिएको आयोगले जनाएको छ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ को विभिन्न दफाविरुद्ध हुने गरी के कसो भएको हो र कारवाही किन गर्नु नपर्ने हो भन्ने प्रश्नसहित स्पष्टीकरण मागेको छ।