अल्बानियामा प्रधानमन्त्रीको कार्यालयमा बम प्रहार - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

अल्बानियामा प्रधानमन्त्रीको कार्यालयमा बम प्रहार



अल्बानिया । हजारौं अल्बानियालीहरुले शनिबार आफ्नो देशको प्रधानमन्त्रीको कार्यालयमा पेट्रोल बम प्रहार गरेका छन् ।

दक्षिण पूर्वी युरोपेली मुलुक अल्बानियाका विपक्षीले प्रधानमन्त्री इदी रामाको विरोधमा प्रदर्शन गरेका थिए । गएका तीन महिना यता त्यहाँ सरकार विरोधी प्रदर्शन हुँदै आएको छ । प्रधानमन्त्री रामाले चुनावमा धाँधली गरेको आरोप खेपिरहेका छन् ।

विपक्षी नेता लुल्जीम बाशाले प्रधानमन्त्री रामाले राजीनामा नदिएसम्म प्रदर्शन जारी राख्न कार्यकर्ता र सर्बसाधारण नागरिकलाई आग्रह गरेका छन् । (बीबीसी)