ऐतिहासिक आलमदेवी मन्दिरमा सराय नाच सम्पन्न । - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

ऐतिहासिक आलमदेवी मन्दिरमा सराय नाच सम्पन्न ।



प्रदिप सूर्यवंशी /मैदान

अर्घाखाँची जिल्लाको पुर्व दक्षिणमा अवस्थित पाणिनी गाऊँ पालिका ५ मैदान स्थित सल्लेरीमा रहेको आलम देवी मन्दिरमा सराय नाच तथा पुजाआजा भएको छ । प्रत्येक वर्ष विजया दशामी अर्थात वडा दशैको कोजाग्रत पूर्णिमा तिथिको दिन गरिने यो नाँचमा पन्चेवाजाको साथमा पन्चवली र मेड़ों ल्याउने चलन रहेको छ । पाणिनी गाऊँ पालिका ५ मैदान सल्लेरी स्थित रहेको विगतको बर्षमा यसक्षेत्र कै ऐतिहासिक मन्दिर मानिने यस मन्दिरमा लामो समय देखी पुजा आर्चना गर्दै आउनु भएका पुजारी चन्द्रमनि (लक्षमण) घिमिरेले जानकारी दिनु भएको छ ।

अत्यन्त कडा सुरक्षाको साथ सान्तिपुर्ण तवले सराय नाच सम्पन्न भएको छ । पाली प्रहरी चौकी प्रमुख असाई प्रहरी सायक निरिक्षक रामनारायण चौधरिको नेतृत्वमा असई धुर्बनारायण चौधरी,प्रहरी हवलदार यम बहादुर जि.सि.,श्याम सुन्दर यादब,प्रहरी जवान ईश्वर थापा,पदम परियार,सन्दीप कुमार सोहोनी,सन्नाराम थारु, बिमोचन झेडी,मन बहादुर चौहान,गोबिन्द चौहानले संयुक्त रुपमा सुरक्षा प्रदान गरिएको थियो ।

यस ऐतिहासिक सराय नाचमा प्रदेश सांसद रामजी प्रसाद घिमिरे,पालिका अध्यक्ष अच्युत गौतम वडा अध्यक्ष जीवलाल घिमिरे लगायत अन्य वडा अध्यक्ष र सदस्य सहित ठुलो संख्यामा जन प्रतिनिधिको पनि उपस्थित रहेको थियो । अर्घाखाची डटकमसगँ छोटों समयमा वोल्दै प्रदेश सांसद रामजी प्रसाद घिमिरेले भने जिल्लाको विकासमा अनवरत रुपमा लागी रहेको छु । यस आलम नगरमा रहेको यो मन्दिरमा व्यावस्थापन गर्न वाकि रहेका विकास कार्य अगाडी पढाउन आफ्नो तर्फवाट पहल गर्ने वताउनु भयो ।

यसैगरि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रीय पार्षद  डिआरजी सुमन, नेपाल पत्रकार महासंघ काठमाण्डू सदस्य दिपक भुसाल,स्वतन्त्र पत्रकार प्रदीप सूर्यवंशी,दिनेश गैरे उपस्थित रहेको थियो ।  कार्यक्रममा देश विदेशमा सुचना र सन्चारको माध्यमवाट सम्मान योग्य काम गरेको भन्दै अर्घाखाँची डट्कमका ४ जना पत्रकारलाई मन्दिरका ब्यवस्थापन समितिले खादा र अविरले सम्मान गरेको पनि थियो । दिउसो ३ वजे निकालिएको सरायनाचको नेतृत्व ओम प्रकाश परियारले गर्नु भएको थियो ।

पाणिनी गाउ पालिका ५ मैदान सल्लेरी स्थित दश हजार दर्शनार्थी भक्तजनहरुले दर्शन गरेको मन्दिर व्यावस्थापनका अध्यक्ष लक्ष्मण पाण्डेले जानकारी दिनुभएको छ । यस मन्दिरमा दर्जनौ पशुवलि दिएका थिए । यस मन्दिरमा पाल्पा, अर्घाखाँची, गुल्मी,कपिलवस्तु,रुपन्देही,म्याग्दी,काठमाडौ,प्युठान स्यांग्जा,चितवन,नवलपरासी,वाँके लगायतका जिल्लाको दर्शालु आएका थिए । हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सबै समुदायबीच धार्मिक सदभाव कायम गरी भाइचारा विस्तार गन मन्दिरमा वृहत सराय जात्रा र फूलपाती विसर्जन गरि यस वर्षको बडा दशै बिदाई गरिएको मन्दिर व्यासस्थापन समितीले जनाएको छ ।

फोटो डिआरजी सुमन