अकुत सम्पत्तिमा तानिँदै खड्का, भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

अकुत सम्पत्तिमा तानिँदै खड्का, भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

‘उहाँविरुद्ध परेको उजुरीमाथि छानविन टुंगिएर प्रतिवेदन पेस भइसकेको छ । गैरकानुकनी सम्पत्ति आर्जन अभियोगमा विशेष अदालतमा मुद्दा दायर हुनेछ ।’
अख्तियार स्रोतले भन्यो, ‘खड्काविरुद्ध दर्जनौ फाइल अलपत्र परेको अवस्थामा सम्पत्तिको अनुससन्धान निष्कर्षमा पुग्न लागको हो । अबको दुईतीन साताभित्रै भ्रष्टाचार मुद्दा दायर हुन्छ ।’

नेपाल आयल निगकमको कार्यकारी निर्देशक हुनुअघि खड्का सडक विभागमा उपसचिवस्तरका इन्जिनियर थिए । उनका सबैजसो कार्यकाल विवादस्पद छन् ।

आयल निगमको जग्गा खरिद प्रकरणमा समेत मुछिएका खड्काले जग्गा खरिद प्रक्रिया टुंगिएलगत्तै आफूनजिकका व्यक्तिको नाममा राजधानीको एक अपार्टमेन्ट खरिद गरेको भेटिएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।