अक्षरमा विद्यार्थीका लागि समर क्याम्प
बुटवल।
बुटवल–२ उजुरसिंह पथमा रहेको अक्षर एकेडेमीमा विद्यार्थीका लागि चार दिने सम्मर क्याम्प कार्यक्रम सञ्चालन भएको छ ।
वार्षिक परीक्षा दिएर बसेका साना विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने तथा खाली रहेको समयलाई सदुपयोग गर्ने उद्धेश्यले समर क्याम आयोजना गरिएको विद्यालयले जनाएको छ । सम्मर क्याम्ममा अक्षर एकेडेमीका विद्यार्थीसँगै छिमेकी विद्यालयका विद्यार्थीको समेत सहभागिता रहेको छ ।
निःशुल्क रूपमा आयोजना गरिएको चार दिने समर क्याममा आकर्षक चित्रकला, विभिन्न रोमाञ्चक खेलकुद, स्वीमिङ्ग, सिङ्गीङ, डान्सिङ लगायतका अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउने र आन्तरिक प्रतिभालाई बाहिर निकाल्ने गरिएको विद्यालयका प्रिन्सिपल रुपा श्रेष्ठले जानकारी दिनुभयो ।
प्रत्येक वर्ष विद्यालयले समर क्याम लगायतका कार्यक्रमहरू आयोजना गरी विद्यार्थीका फरक क्षमता बाहिर निकाल्ने अतिरिक्त क्रियाकलापहरू गर्दै आएको विद्यालयका कार्यकारी निर्देशक अमरनाथ पाठकले बताउनुभयो ।