आक्रमणको बिरोधमा युवासंघद्वारा घोडाघोडी नगरपालिका अनिश्चितकालिन बन्द
विशाल पाण्डेय/सुखड , कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा गए राती घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई अज्ञात समूहले गरेको आक्रमणको बिरोधमा नगर युवा संघले नगरपालिका अनिश्चित कालिन आम हट्ताल गरेका छ्न ।
नगर युवा संघले आक्रमणकारीलाई पकाउ गरि कानुनी दाएरामा ल्याइ कडा भन्दा कडा कामकारबाहीको माग गर्दै बन्द गरेका हुन ।
सोमबार राती आफ्नै घरमा बसिरहेको अवस्थामा एक गोली पेटमा लागेको र टाउकोमा खुकुरी प्रहार गरेको थियो ।
उपचारको लागी स्थानीय घोडाघोडी अस्पतालमा पुर्याइएका मेयरलाई राती नेपालगन्ज अस्पतालमा लैजान रेफर गरिएको छ र नेपालगन्जबाट अहिले हेलिकप्टरमा काठमाडौं लाने तयारी रहेको छ ।
त्यस्तै गएराती अनेरास्ववियुले घटनाको बिरोध गर्दै करिब २ घन्टा चक्काजाम गरेको जिल्ला समिती सदस्य तथा क्षेत्र नं ३ का अनेरास्ववियु इन्चार्ज सनेश शाहिले जानकारी दिए ।