अख्तियार प्रमुखमा नविनकुमार घिमिरे सर्वसम्मत - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अख्तियार प्रमुखमा नविनकुमार घिमिरे सर्वसम्मत



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा आयुक्त नवीनकुमार घिमिरेलाई सर्वसम्मत अनुमोदन गरिएको छ । आजको संसदीय सुनुवाइले प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई सर्वसम्मत अनुमोदन गरेको हो ।

घिमिरेमाथि कुनै पनि उजुरी परेको थिएन । यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उनीविरुद्ध उजुरी थिएनन् ।

घिमिरे हाल अख्तियारका कार्यवाहक प्रमुख आयुक्त हुन् । तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकाश पाएपछि गत फागुन २ गतेदेखि उनी कार्यवाहकका रूपमा कार्यरत छन् ।

संवैधानिक परिषद्ले भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिस गरेको थियो।