महानगरको कार्यालयमा अख्तियारको छापा: फाइल नियन्त्रण - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

महानगरको कार्यालयमा अख्तियारको छापा: फाइल नियन्त्रण



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्ज महानगरपालिकामा छापा हानेको छ । अख्तियारले राजश्व सम्बन्धी फाइल नियन्त्रणमा लिएको छ ।

आयोगको हेटौँडा कार्यालयबाट खटिएको टोलीले महानगरको राजश्व शाखाको फाइल नियन्त्रणमा लिएको बताइएको छ ।

महानगरपालिका विरुद्ध परेको उजुरीको पछि आयोगले फाइल माग गरेकोमा महानगरले फाइल नदिएपछि आयोगको टोली आफै गएर फाइल नियन्त्रणमा लिएको आयोगका एक अधिकारीले बताएका छन् ।

पछिल्लो समय स्थानीय सरकारका नाममा स्थानीय तहहरूबाट हुँदै आएका खर्चमा मनपरी रहेको भन्दै चौतर्फी गुनासो सुनिँदै आएको छ ।