अखिल (क्रान्तिकारी)काठमाडौंद्वारा मसाल जुलुस सहित भव्य प्रदर्शन - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

अखिल (क्रान्तिकारी)काठमाडौंद्वारा मसाल जुलुस सहित भव्य प्रदर्शन



काठमाडौ : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई रिहाईको माग गर्दै अखिल (क्रान्तिकारी) ले यस अघिनै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ।

सोहि कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारीले बुधबार देशैभर मसाल जुलुस प्रदर्शन गरेको छ। त्यस्तै अखिल क्रान्तिकारीले काठमाडौमा पनि भव्यरुपमा मसाल जुलुस प्रदर्शन गरेको अखिल क्रान्तिकारी काठमाडौ जिल्ला क्याम्पस सचिव तारा संज्यालले जानकारी दिनुभएको छ। साथै अखिल क्रान्तिकारीले बिहिवार देशैभर शैक्षिक हडतालको समेत घोषण गरेको छ।

अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई यहि १७ गते बिहीबार बेलुका विराटनगर विमानस्थलबाट प्रहरीले गिरफ्तार गरेको थियो ।

बिकको रिहाईको माग गर्दै अखिल क्रान्तिकारीले यहि १८ गते रिपोर्टस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै आफ्ना संघषका कार्यक्रम समेत सार्वजनिक गरिसकेको थियो।फाईल तस्विर