अखिल क्रान्तिकारी कपिलबस्तुको अध्यक्षमा रुपा
अनेरास्ववियु क्रान्तिकारी कपिलबस्तुको १९ औँ जिल्ला सम्मेलनले अध्यक्षमा रुपा बुढामगरलाई निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको १९ औँ कपिलबस्तु सम्मेलनले रुपा बुढामगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ नेतृत्व निर्वाचित गरेको हो।
सम्मेलनको उद्घाटन गर्दै सङ्गठनका महासचिव दिपेन्द्र चलाउनेले शिक्षामा देखिएको नवउदारवादका विरुद्ध सशक्त सङ्घर्ष गर्ने बताउँदै शैक्षिक दलालीकरण, माफियाकरण र भ्रष्टिकरण विरुद्ध देशभर सङ्गठनले भण्डाफोर अभियान सञ्चालन सर्वसाधारण जनतालाई वैज्ञानिक, जीवनपयोगी, प्राविधिक, सस्तो, सुलभ र सरल रूपमा शिक्षा प्राप्त गर्न नयाँ समाजवादी शिक्षा आवश्यक भएको बताए ।
अभियानको क्रममा भ्रष्टाचारी र शैक्षिक माफियालाई रूपान्तरण हुन सांकेत रूपमा केही सङ्घर्षका कार्यक्रमका साथै भारतद्वारा सीमा मिचिएको क्षेत्रमा पुग्ने बताए । सम्मेलनको उद्घाटन समारोहमा नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं लुम्बिनी व्युरो इन्चार्ज चन्द्रवहादुर चन्दले वर्गीय समाजमा शिक्षा पनि वर्गीय हुने भन्दै शिक्षा अभिजात वर्गको नियन्त्रण हुँदासम्म शिक्षा व्यवहारिक र सर्वसुलभ नहुने बताए । चन्दले बुर्जुवा शिक्षाका विरुद्ध देशभक्त, प्रगतिशील र क्रान्तिकारीहरू विद्यार्थीहरू एक हुनुपर्ने भन्दै शैक्षिक समस्याको समाधान एकीकृत जनक्रान्तिको माध्यमद्धारा हुने बताए ।
त्यस्तै नेकपा कपिलवस्तुका इन्चार्ज सङ्गम, सेक्रेटरी सुनिल, लुम्बिनी क्षेत्रीय समन्वय समितिका इन्चार्ज प्रेमचन्द्र भुषाललगायतले सम्मेलनको शुभकामना दिएका थिए । त्यसै गरी सम्मेलनमा उपाध्यक्ष राजित प्रताप सेन, सचिवमा निराजन थारु र कोषाध्यक्षमा लोकेन्द्र चन्द ठकुरीलाई निर्वाचित गरेको छ