अखिल (क्रान्तिकारी) पाणिनि बहुमुखि क्याम्पस मुल इकाईद्वारा एकल नित्य प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

अखिल (क्रान्तिकारी) पाणिनि बहुमुखि क्याम्पस मुल इकाईद्वारा एकल नित्य प्रतियोगिता सम्पन्न



हरि प्रसाद भुषाल/अर्घाखाँची
अखिल (क्रान्तिकारी) पाणिनि बहुमुखि क्याम्पस मुल इकाई समितिको आयोजनामा एकल नित्य प्रतियोगिता सम्पन्न भएको छ ।कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं अर्घाखाँची जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्काले विद्यार्थीहरुको हक अधिकार स्थापनाका लागि सवै विद्यार्थीहरुको एकतामा जोड दिएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका खड्काले देश परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विद्यार्थीहरुलाई कुशल नेतृत्व छान्न आग्रह समेत गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बि.क (किशोर), विद्यार्थी पाँच नं. प्रदेश सह संयोजक नारायण खनाल, केन्द्रीय सचिव राजेन्द्र आचार्य, राजेन्द्र प्रसाद आचर्य (राजन), जीवन रेश्मि, कल्पना खड्का,हेमराज आचार्य ले मन्तव्य राखेका थिए ।

नित्य कार्यक्रममा १२ जना प्रतिस्पर्धीहरुले सहभगिता जनाएका थिए । जसमा मोहित मुनालले जजमेन्ट गरेका थिए । कार्यक्रममा भावना भट्टराई प्रथम, एन्जिला पुन दुईतिय, कृस्टिना भुसाल तृतीय भएका थिए ।

कार्यक्रम लक्ष्मण खड्का को अध्यक्षता, सुदिप खनालको स्वागत मन्तव्य र राजेन्द्र भुसाल को सन्चालनमा सम्पन्न भएको प्रचार प्रसार बिभाग सह-संयोजक हिमाल पराजुलीले जानकारी दिएका छन् ।