अखिल छैठौंको जिल्ला सम्मेलन सन्धिखर्कमा हुने - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

अखिल छैठौंको जिल्ला सम्मेलन सन्धिखर्कमा हुने



हिमाल पोस्ट /सन्धिखर्क 

अखिल छैठौं अर्घाखाँचीले आसन्न असौजको पहिलो हप्ता २४ औँ जिल्ला सम्मेलन सन्धिखर्कमा गर्ने भएको छ ।सङ्गठनको आज सन्धिखर्कमा सम्पन्न भएको बैठकले “शैक्षिक ब्यापारीकरण र सङ्घीयता विरुद्ध हाम्रो आन्दोलन,जनवादी शिक्षा र राष्ट्रियताको रक्षाका लागि २४ जिल्ला सम्मेलन”भन्ने मूल नाराका साथ असोज ५ र ६ गते सम्मेलन गर्ने निर्णय गरेको अखिल छैठौं अर्घाखाँचीले जनाएको छ ।

अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देवेन्द्र कुंवर,राष्ट्रिय जनमोर्चा प्रदेश पाँचका सदस्य शेर बहादुर बि.सी. र राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष थम्मन के.सी.को विशेष उपस्थितिमा सम्पन्न बैठकले सम्मेलनलाई सफल पार्न गोपाल प्रसाद भट्टराईको संयोजकत्वमा ७ सदस्यीय मूल आयोजक समिति,पुरन नेपालीको संयोजकत्वमा ३ सदस्यीय आर्थिक व्यवस्थापन समिति र विष्णु के.सी.को संयोजकत्वमा १ सय ५१ सदस्यीय प्रचार–प्रसार समितिको गठन गरेको छ ।

जिल्ला अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष विष्णु के.सी.को स्वागत मन्तव्य र सह–सचिव सन्देश खनालको सञ्चालनमा सम्पन्न बैठकले आसन्न असोजको पहिलो हप्ता हुने जिल्ला सम्मेलन र असोज २६,२७ र २८ गते झापाको बिर्तामोडमा रहने सङ्गठनको २१ औँ राष्ट्रिय सम्मेलनलाई भव्य रूपमा सफल पार्न भाद्र महिनाभर जिल्लाका ६ वटै पालिकामा साङ्गठनिक गतिविधिलाई तीव्र पार्ने,साङ्गठनिक अभियानको सिलसिलामा सामाजिक विकृति,लैङ्गिक हिंसा,बलात्कार,लागु औषध दुव्र्यशनीका विरुद्ध सचेतना मूलक प्रशिक्षण सञ्चालन गर्ने लगायतका निर्णय गरेको अखिल छैटौँ जिल्ला सचिवालय सदस्य पुष्पा गैरेले जानकारी दिनुभएको छ ।