अखिल क्रान्तिकारीले विद्यालयहरुमा स्थलगत निरीक्षण गर्ने - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

अखिल क्रान्तिकारीले विद्यालयहरुमा स्थलगत निरीक्षण गर्ने



“अनुमती भन्दा बढी कक्षा भएमा ताला लगाउने “

बिशाल पाण्डेय
सुखड,कैलाली । अखिल क्रान्तिकारि बिद्यार्थी संगठनले क्षेत्र नं ३ का सम्पुर्ण विद्यालयहरुमा स्थलगत निरीक्षण गर्ने भएको छ ।

शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा पत्रकार सम्मेलन गरि बिद्यालयहरुले मनोमानि रुपमा शुल्क असुलीरहेकाले निरीक्षण गर्न लागेको अखिल क्रान्तिकारी संगठनले जनाएको छ । साथै निजि विद्यालयले ज्यादती गरेको भन्दै आफ्ना विभिन्न १० बुदे माग सहित आन्दोलनको घोषणा समेत गरेको छ ।

अखिल क्रान्तिकारी संगठनले विद्यालयका प्रधानध्यापक तथा अन्य शिक्षकहरुले आफ्ना छोराछोरी सरकारी स्कुलमा भर्ना नगरेमा ,विद्यालय भित्र पुस्तक बिक्रीवितरण गरेमा , तह थप र कक्षा थप गरेका विद्यालय पाइएमा ,यातायात रिनु फेल वा गाडिको रङ्ग पहेलो नभएमा , भौतिक पुर्वाधार प्रयाप्त मात्रामा नभएमा ,पोशाक विद्यालयबाट बिक्रिबितरण गरिएको पाइएमा लगाएतका अन्य बिभिन्न १० बुदे मागहरु राख्दै आन्दोलन कार्यक्रमको घोषणा गरेको हो ।

अखिल क्रान्तिकारि जिल्ला सचीव शिवराज सञ्ज्यालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि अखिल क्रान्तिकारि प्रदेश नं ७ का संयोजक खगेन्द्र बहादुर हमाल रहेका थिए । कार्यक्रममा प्रमुख अथितिको आसनबाट पत्रकारहरुलाई जानकारी गराउदै हमालले ‘केन्द्रिय रुपमा आन्दोलन सकाएर अब जिल्ला र स्थानीय तहमा आन्दोलनको घोषणा गरेको बताए’ ।

“शिक्षा प्रणाली ब्यवहारिक हुनुपर्छ, अब अबैधानिक ढंगले सन्चालन गरिएका विद्यालयलाइ कारबाहि गर्ने हमालले बताए ‘। ‘यदि अनुमती भन्दा माथिका विद्यालयहरु संचालन भएमा विद्यालयमा ताला लगाउने संयोजक हमालले बताए ‘।

अखिल क्रान्तिकारी जिल्ला उपाअध्यक्ष तथा घोडाघोडी बहुमुखी क्याम्पसका स्वबियु सभापति जिवन बि.सीले ‘ निजि विद्यालयको दादागिरी नियन्त्रण गर्ने बताए’ । बिसिले अबको आन्दोलन भनेको निजि बिद्यालयहरुको ज्यादती नियन्त्रण गर्ने र सरकारी बिद्यालयहको गुणस्तरमा वृद्धि गर्ने बताए ‘। साथै बिसिले पहिलो चरणमा सम्झाई बुझाई गरि छाड्ने र नमानेको खण्डमा भौतिक कारबाही गर्ने समेत बताए ।