विप्लव नेतृत्वको विद्यार्थी सङ्गठनको बर्दियाका शैक्षिक संस्थाहरुमा संगठन विस्तार - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

विप्लव नेतृत्वको विद्यार्थी सङ्गठनको बर्दियाका शैक्षिक संस्थाहरुमा संगठन विस्तार



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) भेरी ब्यूरो अन्तर्गत कम्युनिष्ट विद्यार्थी अभियान २०७५ बर्दियामा पनि जारी रहेको छ ।

बर्दिया जिल्लाका विभिन्न ७ वटा शैक्षिक संस्थाहरुमा संगठन बिस्तार कार्य सम्पन्न भइसकेको अखिल क्रान्तिकारी बर्दिया जिल्ला अध्यक्ष लोकेशराज जोशीले जानकारी दिनुभयो ।

संगठन विस्तारकै क्रममा बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित बङ्गलामुखी राधा कृष्ण उमावि मा स्मृति चौधरीको नेतृत्वमा १९ सदस्यीय, गुराँस उमाबी मधुबन नगरपालिकामा अर्जुन बस्नेतको नेतृत्वमा ३३ सदस्यीय, अमर सहिद दशरथ उमावि राजापुरमामा विवेक खत्रीको नेतृत्वमा ३७ सदस्यीय, मानपुर उमावि टपरामा निशा चौधरीको नेतृत्वमा ५७ सदस्यीय,नेपाल राष्ट्रिय माबी गोडियाना राजापुरमा आशिष थारुको नेतृत्वमा १९ सदस्यीय,भृकुटी माबी मधुबनमा तेज बहादुरको नेतृत्वमा २३सदस्यीय र नेपाल राष्ट्रिय नमुना उमावि ढोढरीमा दर्शन बिकको नेतृत्वमा २१ सदस्यीय इकाई कमिटी गठन गरिएको जनाईएको छ।
देशमा नक्कली कम्युनिष्टहरुको बिगबिगी बढिरहेको बेला असली कम्युनिस्टहरुको पहिचान र असली कम्युनिष्ट पार्टीका विद्यार्थी सङ्गठनको बारेमा सबै विद्यार्थीहरुलाई सचेत गराउने उद्देश्यले यो अभियान सुरु गरिएको अध्यक्ष लोकेश जोशिले जानकारी दिए ।

अभियानको क्रममा नारा लेख्ने , पर्चा पम्प्लेट वितरण गर्ने , शैक्षिक माफियाहरुको भण्डाफोर गर्ने , सम्पुर्ण शैक्षिक संस्थाहरुमा सङ्गठन निर्माण गर्ने , सरकारी शैक्षिक संस्थाहरुमा सरसफाइसहित अन्य अतिरिक्त क्रियाकलाप गर्ने कार्यक्रम रहेको छ । मंसिर १८ देखि सुरु भएको यो अभियान फागुन १८ सम्म देशव्यापी रुपमा जारी रहने अखिल क्रान्तिकारी बर्दिया ले जनाएको छ।