आँखाको विशेषज्ञ सेवा सुरु - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

आँखाको विशेषज्ञ सेवा सुरु



दाङ, फागुन १५ 

यहाँको अस्पतालले अस्पतालमा विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले आँखाको उपचारका लागि आवश्यक पर्ने मेसिन उपकरण खरिद गरी सेवा दिन सुरु गरेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै आँखाको दृष्टि नशा जाँच गर्ने मेसिन ९अक्टोपस०, ग्रिनलेजर, एनसिटीलगायतका मेसिन उपकरण अस्पतालमा जडान गरी सेवा दिन सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो ।

रु दुई करोड ५० लाख लागतमा सो मेसिन अस्पतालले खरिद गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले बताउनु भयो । राप्ती आँखा स्वास्थ्य कार्यक्रमअन्तर्गतका तीनवटा अस्पताल रक्षाचौर, लमही आँखा अस्पताल, बहादुरगन्ज आँखा अस्पतालमा उक्त सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।

दृष्टि नशा जाँच मेसिनले आँखामा जलबिन्दु भए÷नभएको र आँखाको दृष्टि कस्तो छ सहजै थाहा हुने, एनसिटी मेसिनले आँखाको प्रेसर मापन गर्ने र ग्रिन लेजर मेसिनले मधुमेह, ब्लड प्रेसर र उमेरले गर्दा आँखाको पर्दामा रगतका नलीहरु फुटेकोलाई बन्द गर्ने काम गर्ने विशेषज्ञ यादवले बताउनुभयो ।

यसअघि अस्पतालमा सो सेवा नहुँदा आँखाका बिरामीलाई अस्पतालले अन्यत्र पठाउँदै आएको थियो । अस्पतालले यस प्रविधिबाट आँखाको मोतिबिन्दुको शल्यक्रिया सेवा पनि सुरु गरेको जनाएको छ । रासस