अर्घाखाँचीमा कोरोनाका कारण फेरि एक जनाको ज्यान गयो
अर्घाखाँची- अर्घाखाँचीमा उपचारपछि घर फर्कदै गर्दा मृत्यु भएका ५७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुटवलमा उपचार गरी घर फर्कदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो ।
मालारानी गाउँपालिका ब्याडपाटाको सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गरी फर्कंदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकृत विजय बरालले कोरोनोका कारण उन्को मृत्यु भएको पुष्टि गरेका हुन् ।
गत जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाइएकोमा स्वाबको रिपोर्ट नआउँदै उनको दाह सस्ंकार गरिएको थियो ।
उनी १४ दिनअघि भारतबाट आएका थिए । स्वास प्रश्वासको समस्या भएपछि उनलाई उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्क ल्याइएको थियो ।
त्यहाँ उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको थियो ।