अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटना

काठमाडौं- अर्घाखाँचीमा कोरोना संक्रमित बोकेको एम्बुलेन्स दुर्घटनामा भएको छ । सन्धिखर्क नगरपालिका वार्ड नम्वर ७ चन्द्रप्रभा माविको क्वारेन्टिनबाट संक्रमित लिएर सन्धिखर्क आउँदै गरेको एम्बुलेन्स दुर्घटना परेको हो ।
लु १ च ३५३५ नम्बरको एम्बुलेन्स खाँचिकोटको डिहिडाँडामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा परी ४ जना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सामान्य उपचारपछि संक्रमितलाई सन्धिखर्कमा रहेको आइसोलेसन कक्षमा राखिएको छ ।

